बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्छ : अध्यक्ष गोल्यान
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्ने बताएका छन् ।
मंगलबार परिसंघले ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोल्यानले नेपालको कुनैपनि क्षेत्रले ११ प्रतिशत बैंकको ब्याज वहन गर्न नसक्ने भन्दै बैंकको ब्याज एकल अंकमा ल्याउन आवश्यक रहेको बताएका हुन् ।
उनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा दुवै जनाले ब्याजदर घटाउने विषयमा समर्थन जनाएको बताए । उनले सिबिफिनले २ अंक ब्याजदर घटाउन सुझाव दिएपनि गभर्नर अधिकारीले १० प्रतिशत ब्याजदर घटाउने पक्षमा रहेको बताए ।
अध्यक्ष गोल्यानले गभर्नर अधिकारीले बैठकमा तीन महिनाभित्र बैंकको ब्याज एकल अंकमा आउने जानकारी दिएको बताए
बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का वरिष्ठ उपाध्यक्ष भोजबहादुर साहले बढी ब्याज खान पल्किएका सरकारी संस्थाका कारण ब्याजदर बढेको बताए । उनले सरकारी निकायले ब्याज खाएर मात्रै बस्न नहुने भएपनि उनीहरुले ब्याज खान खोज्दा सबै क्षेत्र प्रभावित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा इरानको बन्दरगाहमा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ?
-
बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
-
पछिल्ला वर्षमा कानुन निर्माणको गति सुस्त भयो
-
बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा
-
ट्रम्पको इरान युद्ध नीतिविरुद्ध मोर्चाबन्दी : डेमोक्र्याटले रोके १.१५ ट्रिलियन डलरको रक्षा बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण