मनिषा बनिन् ब्युटिसियन ट्यालेन्ट नेपाल
_BUVkWAaMg4.jpg)
काठमाडौँ । रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिद्वारा आयोजित ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३’ को उपाधि विराटनगरकी मनिषा श्रेष्ठले जितेकी छिन् ।
मनिषाले १८ प्रतिस्पर्धीलाई पछि पार्दै ट्यालेन्ट ब्युटिसियन सहित शीर्ष उपाधि चुमेकी हुन् ।
मनिषाले ५० हजार रुपैयाँ, नेशनल अस्पताल र चिरायु टेन्टल केयरको स्वास्थ्य सेवा, आईआईएफटीमा मेकअप आर्टिस्टको रुपमा रोजगारी, म्युजिक भिडियोमा काम गर्ने अवसर पाउने छिन् भने विभिन्न उपहार पनि जितेकी छिन् ।
हास्य अभिनेत्री पल्पसा डङ्गोल, अभिनेता दिक्पाल कार्की, अधिवक्ता होमाकान्त चौलागाई, डा.प्रकाश पौडेल, डा.सरोज लामिछाने, ब्युटीसियनहरु विमला रिजाल, सुष्मा रावल निर्णायक रहेको प्रतियोगितामा बेष्ट स्माइलसहित फस्ट रनरअपको उपाधि संगीता सुवेदी अधिकारी र मोस्ट इन्टेलिजेन्ट ब्युटिसियनसहित सेकेन्ड रनरअपको उपाधि श्वेता मगर श्रेष्ठले हासिल गरे ।
जयन सुब्बा मानन्धरले कोरियोग्राफी गरेको प्रतियोगितामा १९ जना प्रतियोगी फाइनलमा पुगेका थिए । कार्यक्रम आयोजक तथा रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारञ्जितले व्युटीसियनहरुले पनि पार्लरबाट बाहिर निक्लेर केही गर्न सकुन् भनेर उनीहरूको व्यक्तित्व विकासको लागि विगत ६ वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालाजु पुल र विष्णुमती खोलाको आसपासको क्षेत्र डुबानमा
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा महत्त्वपूर्ण भेटघाट
-
आईपीएल : कमिन्सको कसिलो बलिङ, १ सय ३३ रनमा रोकियो दिल्ली
-
‘वैदेशिक शिक्षा अनुभव र नेपालको शिक्षा नीति : संवाद र सम्भावना’ विषयक कार्यक्रम सम्पन्न
-
रारा पुगेर अभिनेता प्रदिप खड्काले भने, ‘कर्णालीवासीले क्षतिपूर्ति माग्नुपर्छ’