बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते
सारांश
- बैतडीको दशरथचन्द राजमार्गमा यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब २५-३० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ ।
- दुर्घटनामा परी दशरथचन्द नगरपालिका-६ बस्ने ३५ वर्षीय वीरेन्द्र बहादुर चन्दको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
- प्रहरीले बस चालक केशव सिंह महरालाई नियन्त्रणमा लिएको छ र घाइते १० जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ ।
बैतडी । बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक खण्डमा बुधबार साँझ एउटा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार, धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६४६ नम्बरको बस बुधबार साँझ करिब ५ बजेर ४० मिनेटमा दशरथचन्द नगरपालिका–४, साईलकमा अनियन्त्रित भई सडकबाट करिब २५–३० मिटर तल खसेको हो ।
दुर्घटनामा परेर दशरथचन्द नगरपालिका–६ बस्ने ३५ वर्षीय वीरेन्द्र बहादुर चन्दको मृत्यु भएको छ ।
दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी नायब उपरीक्षक दीपक कुमार रायको नेतृत्वमा २५ जनाको टोली घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो ।
बसमा चालकसहित जम्मा १२ जना सवार थिए । घाइते १० जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ । घाइतेमध्ये धेरैको अवस्था सामान्य रहे पनि एक जनाको अवस्था मध्यम रहेको बताइएको छ ।
घाइते हुनेहरूको विवरण
- लक्ष्मी ऐरी २७ वर्ष – सामान्य चोट
- हेम विक्रम जोशी ९८ वर्ष – सामान्य चोट
- पूर्ण देवी जोशी ६० वर्ष– सामान्य चोट
- पुजा कार्की २१ वर्ष– हातमा चोट (सामान्य)
- ललिता लावड २० वर्ष– सामान्य चोट
- विजय सिंह थापा वर्ष नखुलेको
- जानकी लावड ३२ वर्ष – टाउकोमा चोट सामान्य
- लक्ष्मी साउद ३० वर्ष– टाउकोमा चोट सामान्य
- कर्ण देव भट्ट ५२ वर्ष० – सामान्य चोट
- कविराज भट्ट ३५ वर्ष – शरीरमा चोट मध्यम
बस चालक बैतडीकै पाटन नगरपालिका–८ बस्ने ३७ वर्षीय केशव सिंह महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी सकुशल रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी हस्तान्तरण
-
गठबन्धनरूपी विकृत युगको साक्षी भयौँ, साझेदार भएनौँ : गगन थापा
-
यस वर्ष ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन
-
थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा
-
सरकारी सूचनामा निजी मिडियामाथि विभेद भएको भन्दै पत्रकार महासङ्घको र्याली
-
कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा फैलिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण