शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

शुक्रबार, ०५ असार २०८३, १७ : ४७
शुक्रबार, ०५ असार २०८३

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनलाई संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । 

त्यस्तै,बैठकले बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका स्वीकृत गर्ने निर्णय गरेको पनि मन्त्री तिमिल्सिनाले जानकारी दिए । त्यसबाहेक राष्ट्रिय सेवा दल कानुन संशोधन विधेयक संसदमा पेस गर्न स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । 

साथै सहकारी ऐन, सार्वजनिक खरिद ऐन, सम्पत्ति शुद्धीकरण मनि लाउन्डिरिङ संशोधन विधेयक र स्वास्थ्यसँग सम्बन्धित विधेयक  स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले नेपाल विशेष सेवा ऐन २०४२ को साविकको ऐन जगाउन स्वीकृत गर्ने र धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

726261833_1350871240238637_7509270153285135199_n

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप