कर्णालीमा एमालेले भन्यो– ‘मन्त्री नै आयोजक हुने, त्यसमा सरकारको लगानी हुने कुरा अलिकति स्वार्थ बाझिएको हो कि ?’
सुर्खेत । कर्णालीमा सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहको गतिविधिमाथि गम्भीर प्रश्न उठाएको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईंले शुक्रबारको प्रदेश सभा बैठकमा मन्त्री नै आयोजक हुने र त्यसमा सरकारको लगानी हुने कुरा अलिकति स्वार्थ बाझिएको हो कि भन्दै प्रश्न उठाए ।
अर्थमन्त्री शाहले आफू अध्यक्ष रहेको नेपाल ऐथलेटिक्स सङ्घको आयोजनामा सुरु भएको कार्यक्रमका लागि आफै आयोजक बनेर त्यसको सम्पूर्ण खर्च प्रदेश सरकारबाट बेहार्ने गरी व्यवस्थापन गरेका छन् ।
ऐथलेटिक्स सङ्घको आयोजनामा शुक्रबार वीरेन्द्रनगर स्थित रङ्गशालामा ‘४६ औँ नेशनल एथलेटिक्स च्याम्पियनसिप’ प्रतियोगिता उद्घाटन भइसकेको छ ।
उक्त कार्यक्रमको उद्घाटन सुरुमा मुख्यमन्त्री यामलाल कँडेलले गर्ने भने पनि समाचार आएपछि कँडेल उद्घाटनमा गएनन् । त्यसपछि अर्थमन्त्री शाह नै आफै आयोजक र आफै प्रमुख अतिथि बनेर उद्घाटन गरे ।
उक्त तालिमको सम्पूर्ण खर्च ७० लाख प्रदेश सरकार मातहतको प्रदेश खेलकुद परिषद्ले बेहोर्ने छ।एमाले प्रमुख सचेतक पछाईंले अर्थमन्त्रीको गतिविधि गलत भएको बताए।
स्वार्थ जोडिने कुराहरूमा अर्थमन्त्री त्यसरी जोडिन नहुने उनको भनाइ छ ।‘विगतमा पनि सङ्घीय सदनमा यस्ता कुराहरू उठेका थिए,’ उनले भने, ‘त्यसकारण प्रदेशको मन्त्रीज्यू नै त्यसको आयोजक हुने, त्यसमा सरकारको रकम लगानी हुने कुरा, त्यो अलिकति स्वार्थ बाझिएको हो कि भन्ने कुरा म यहाँ राख्न चाहन्छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोनम्यारो’ पीडित बालक बिपिनको उपचार खर्च जुटाउन नसकेर परिवार तनावमा
-
अखिल (क्रान्तिकारी) र अनेरास्ववियूबिच एकताका लागि तीन कार्यदल गठन
-
सामूहिक आवासका लागि पाँच करोड विनियोजन
-
ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा
-
को हुन् धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्ट ?
-
कक्षा १२ को नतिजा ४० दिनमा आएको भन्दै शिक्षामन्त्रीले दिए धन्यवाद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण