शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
दुर्घटना

बैतडीमा बस दुर्घटना अपडेट : ९ जना घाइते

शुक्रबार, ०५ असार २०८३, १९ : ०८
शुक्रबार, ०५ असार २०८३

सारांश

  • धनगढीबाट बैतडी सदरमुकाम गइरहेको सुदूरपश्चिम यातायातको बस शुक्रबार साँझ पौने ६ बजे शाहीलेकमा दुर्घटनामा परेको छ ।
  • दुर्घटनामा परेर घाइते भएका ९ जनालाई उद्धार गरी जिल्ला अस्पताल बैतडी पुर्‍याइएको छ ।
  • बस सडकबाट करिब ३० मिटर तल खसेको छ र प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

बैतडी । बैतडीको शाहीलेकमा बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी सदरमुकाम गइरहेको सुदूरपश्चिम यातायातको सुपप्र ०१–००१ ख ३६४६ नम्बरको बस शुक्रबार साँझ पौने ६ बजे दुर्घटनामा परेको हो । 

दुर्घटनामा परेर घाइते भएका ९ जनाको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बैतडी पुर्‍याइएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब ३० मिटर तल खसेको छ । 

बस चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप