सुनसरी र मोरङका स-साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सारांश
- जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सुनसरी र मोरङका स-साना नदी तथा खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
- ती क्षेत्रका स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक छ।
- आगामी तीन दिनसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही स-साना नदी तथा खोलाहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज सुनसरी र मोरङ लगायत आसपासका जिल्ला भई बहने स-साना नदी तथा खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिन अनुसार ती क्षेत्रका स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक देखिन्छ।
महाशाखाको आज बिहानको मापन अनुसार देशका प्रमुख नदीहरूको जलसतह भने हाल सामान्य अवस्थामा रहेको छ। कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तलै रहेको महाशाखाले प्रस्ट पारेको छ।
यसैगरी महाशाखाले आगामी तीन दिनको जलसतह तथा बाढीको पूर्वानुमान समेत सार्वजनिक गरेको छ। जसअनुसार भोलि असार ७ गते कोशी, बागमती र गण्डकी प्रदेश भई बहने केही स-साना नदी तथा खोलाहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने अनुमान गरिएको छ।
यस्तै पर्सी पनि कोशी, बागमती र गण्डकी प्रदेशकै स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान रहेकाले ती क्षेत्रका बासिन्दालाई नदी तटीय क्षेत्रमा आवतजावत गर्दा सावधानी अपनाउन महाशाखाले सचेत गराएको छ।

_ox9qZeYG82.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षा र पहिरोको जोखिम : इलाममा बेलुका ८ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
-
कम्बोडियामा रहेका नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुँदै
-
नर्वेमा नेपालगन्ज म्याराथनलाई प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ प्रदान
-
मुस्ताङमा चक्रपथ निर्माण
-
ऊर्जामन्त्रीद्वारा मर्स्याङ्दी विद्युत गृहको निरीक्षण
-
दक्षिण भारत यात्राका स्मृतिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण