गोरेटो बाटोमा भेटिएको शवको रहस्य खुल्यो : श्रीमती र छोराले गरे हत्या
सारांश
- कालीकोटमा सूर्यबहादुर शाहीको हत्यामा उनकी श्रीमती र छोराको संलग्नता रहेको खुलेको छ।
- गत जेठ २७ गते सान्नीत्रिवेणी गाउँपालिका–९, सुपेचौरको गोरेटो बाटोमा मृत भेटिएका सूर्यबहादुरको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको थियो।
- प्रहरीले हत्यामा संलग्न १८ वर्षीय छोरा रुपेश शाही र ४१ वर्षीया श्रीमती राजकला शाहीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
सुर्खेत। कालीकोटमा आफ्नै श्रीमती र छोराद्वारा एक व्यक्तिको हत्या भएको छ। सान्नीत्रिवेणी गाउँपालिका–४ का ४८ वर्षीय सूर्यबहादुर शाहीको आफ्नै श्रीमती र छोराले हत्या गरेको खुलेको हो।
जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गणेश ज्ञवालीका अनुसार, गत जेठ २७ गते सान्नीत्रिवेणी गाउँपालिका–९, सुपेचौरको गोरेटो बाटोमा सूर्यबहादुर मृत अवस्थामा भेटिएका थिए।
उक्त घटनाको अनुसन्धानबाट उनकै १८ वर्षीय छोरा रुपेश शाही र ४१ वर्षीया श्रीमती राजकला शाहीले नै हत्या गरेको खुलेको ज्ञवालीले बताए।
‘अनुसन्धानबाट छोरा र श्रीमतीले घटना घटेको दिन र स्थानकै सूर्यबहादुरको टाउकोमा ढुङ्गाले प्रहार गरेका रहेछन्,’ उनले भने, ‘जसका कारण उनको मृत्यु भयो।’
शुक्रबार रुपेश र राजकलालाई प्रहरीले पक्राउ गरेर अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी निरीक्षक ज्ञवालीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
-
अमेरिका र अस्ट्रेलिया भिड्दै, यस्तो छ अघिल्लो चरणको समीकरण
-
१२ बजे १२ समाचार: मन्त्रीको निवासमा प्रहरी पुगेपछि तरङ्गदेखि ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुनसम्म
-
क्षेत्रीय शान्तिका लागि पाकिस्तानी प्रधानमन्त्री र साउदी क्राउन प्रिन्सबिच संवाद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण