अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा
शुक्रबार, ०५ असार २०८३, २० : ४३
कञ्चनपुर । अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा १२ दिन बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार असार ८ गतेदेखि १९ गतेसम्म लागू हुने गरी गर्मी तथा वर्षे बिदा एकमुष्ट मिलाएर विद्यालयमा बिदा दिने गर्ने निर्णय गरिएको हो । उक्त बिदा विद्यालयको वार्षिक बिदा (लामो बिदा) बाट कट्टा हुने जनाइएको छ ।
पछिल्ला दिनमा अत्यधिक गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउजाउ गर्न कठिनाइ हुन थालेपछि बालबालिकाको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत बमले जानकारी दिए । नगरपालिकाले मौसमको अवस्था सामान्य भएपछि पूर्वनिर्धारित तालिकाअनुसार विद्यालय सञ्चालन हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार अध्यादेश स्वीकृत–रास्वपा महाधिवेशनका लागि संसद् छुट्टीसहित यस्ता छन् १० बजे १० समाचार
-
काठमाडौँ प्याब्सनका कोषाध्यक्ष मृत फेला
-
बोनम्यारो’ पीडित बालक बिपिनको उपचार खर्च जुटाउन नसकेर परिवार तनावमा
-
अखिल (क्रान्तिकारी) र अनेरास्ववियूबिच एकताका लागि तीन कार्यदल गठन
-
सामूहिक आवासका लागि पाँच करोड विनियोजन
-
ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण