थाहा नगरपालिकामा आइतबार सार्वजनिक बिदा
शनिबार, ०६ असार २०८३, १६ : ५२
सारांश
- मकवानपुरको थाहा नगरपालिकाले असार ७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
- नगर कार्यपालिकाको बैठकले रूपचन्द्र विष्टको स्मृतिमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
- उक्त दिन थाहा नगरपालिकाका वडा कार्यालय, सार्वजनिक सङ्घ संस्था र विद्यालयहरू बन्द रहने छन् ।
हेटौँडा । मकवानपुरको थाहा नगरपालिकाले असार ७ गते सार्वजनिक बिदा दिने भएको छ । असार ५ गते शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले असार ७ मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीरज पौडेलका अनुसार रूपचन्द्र विष्टको स्मृतिमा नगरपालिकाभरि सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
कार्यपालिका बैठकको निर्णयअनुसार उक्त दिन थाहा नगरपालिकाका वडा कार्यालय तथा सार्वजनिक सङ्घ संस्था र विद्यालयहरू बन्द रहने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
-
थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
-
चुरे बस्तीमा बाघ आतङ्क
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण