स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लबद्वारा हस्तान्तरण
सारांश
- लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीले स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा जितेश्वरी माध्यमिक विद्यालयमा खानेपानी धारा निर्माण गरी हस्तान्तरण गरेको छ ।
- बुटवलकाे बदेलपोखरीस्थित विद्यालयमा असार १९ गते आयोजित समारोहमा धाराको औपचारिक उद्घाटन र हस्तान्तरण सम्पन्न भएको हो ।
- संस्थापक अध्यक्ष भेषराज पोखरेलका सुपुत्र सम्राट पोखरेलको जन्मदिनको अवसरमा निर्माण गरिएको उक्त धाराले विद्यार्थी तथा स्थानीय समुदायलाई शुद्ध पिउने पानीको पहुँच विस्तार गर्नेछ ।
बुटवल । लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीका संस्थापक अध्यक्ष भेषराज पोखरेलका पिता स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा निर्माण गरिएको खानेपानी धारा जितेश्वरी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
बुटवल–१३, बदेलपोखरीस्थित विद्यालयमा आयोजित एक विशेष समारोहका बिच असार १९ गते धाराको औपचारिक उद्घाटन र हस्तान्तरण सम्पन्न भएको हो ।
संस्थापक अध्यक्ष पोखरेलका सुपुत्र सम्राट पोखरेलको जन्मदिनको अवसर पारेर विद्यालय तथा स्थानीय समुदायको हितका लागि उक्त धारा निर्माण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि लियो जिल्ला परिषद् ३२५ पी नेपालका जिल्ला अध्यक्ष श्रीधर बस्याल रहेका थिए । कार्यक्रममा धारा निर्माण समितिका संयोजक आत्माराम भण्डारी, सह–संयोजक लक्ष्मण खनाल, विशाल खनाल र एरिया चिफ जीवन थापा क्षेत्रीले विद्यालयमा शुद्ध खानेपानीको पहुँच विस्तार गर्ने उद्देश्यले यो कार्य गरिएको बताए ।
विद्यालयका प्राचार्य उपेन्द्र ज्ञवालीले क्लबको यो सामाजिक उत्तरदायित्वपूर्ण कार्यप्रति धन्यवाद व्यक्त गर्दै भने, ‘यसबाट विद्यार्थी तथा विद्यालय परिवार प्रत्यक्ष लाभान्वित हुने छन् ।’ क्लबका अध्यक्ष लियो अशोक कुमार श्रेष्ठले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए ।
समाजसेवी कमल सापकोटा र सरु थापाले यस परोपकारी कार्यको प्रशंसा गरे । कार्यक्रमको सञ्चालन क्लबका मेम्बरसिप चेयरपर्सन लियो कविराज भुसालले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरघरमै सरकारी कागजात पुर्याउन कसरी भयो सम्भव ?
-
गर्मीले मधेसको जनजीवन प्रभावित : बिरामी बढे, मजदुर वर्ग मारमा
-
को हुन् धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्ट ?
-
स्रोत नखुलेको ३२ लाख नगदसहित दुई जना पक्राउ
-
रास्वपाको ‘उद्गमस्थल’ चितवनमा राष्ट्रिय महाधिवेशनः जिल्लावासी खुसी
-
मेक्सिको नकआउट पुग्दा कोरिया सकसमा, ब्राजिलले के गर्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण