आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ब्याडमिन्टन प्रतियोगितामा केसी र सत्यालको टिम प्रथम

बिहीबार, ३० चैत २०७९, १६ : २०
बिहीबार, ३० चैत २०७९

ललितपुर । तेस्रो खुला डबल ब्याडमिन्टन प्रतियोगितामा राम केसी र उत्तम सत्यालको टिम प्रथम भएका छन् ।

ललितपुर महानगरपालिका–१८ भन्ज्याङ स्थित वालकुमारी सृजना क्लबको आयोजना र वडा–१८को सहयोगमा सम्पन्न प्रतियोगितामा अशोक खाती र सरोज खतिवडाको टिम द्धितिय तथा अजय थापा मगर, योमेश डंगोल र राजेश थापामगर र कमल थापाको टिम तृतीय भएका छन् ।

२६ गतेदेखि सञ्चालन भएको प्रतियोगिता बिहीबार सकिएको छ  । प्रतियोगितामा प्रविन चौधरी र अर्जुन घर्तिमगरको टिम उत्कृष्ट भएका थिए ।

कार्यक्रममा ललितपुर–१८का वडा अध्यक्ष दामोदर खड्का, वडा नं–२५ का वडा अध्यक्ष दौलत खत्री, नेपाल ब्याडमिन्टन संघका पुर्वअध्यक्ष प्रकाशबहादुर शाही, प्रतियोगिताका संयोजक मिलन थापा र  वालकुमारी सिर्जना क्लबका अध्यक्ष दीपक थापामगरले विजयी खेलाडीलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार, द्धितिय हुनेलाई १० र तृतीयलाई ५ हजार  तथा उत्कृष्ट टिमलाई ५ हजार रुपैयाँ प्रदान गरिएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप