ब्याडमिन्टन प्रतियोगितामा केसी र सत्यालको टिम प्रथम
ललितपुर । तेस्रो खुला डबल ब्याडमिन्टन प्रतियोगितामा राम केसी र उत्तम सत्यालको टिम प्रथम भएका छन् ।
ललितपुर महानगरपालिका–१८ भन्ज्याङ स्थित वालकुमारी सृजना क्लबको आयोजना र वडा–१८को सहयोगमा सम्पन्न प्रतियोगितामा अशोक खाती र सरोज खतिवडाको टिम द्धितिय तथा अजय थापा मगर, योमेश डंगोल र राजेश थापामगर र कमल थापाको टिम तृतीय भएका छन् ।
२६ गतेदेखि सञ्चालन भएको प्रतियोगिता बिहीबार सकिएको छ । प्रतियोगितामा प्रविन चौधरी र अर्जुन घर्तिमगरको टिम उत्कृष्ट भएका थिए ।
कार्यक्रममा ललितपुर–१८का वडा अध्यक्ष दामोदर खड्का, वडा नं–२५ का वडा अध्यक्ष दौलत खत्री, नेपाल ब्याडमिन्टन संघका पुर्वअध्यक्ष प्रकाशबहादुर शाही, प्रतियोगिताका संयोजक मिलन थापा र वालकुमारी सिर्जना क्लबका अध्यक्ष दीपक थापामगरले विजयी खेलाडीलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् ।
प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार, द्धितिय हुनेलाई १० र तृतीयलाई ५ हजार तथा उत्कृष्ट टिमलाई ५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण