यी ५ खानेकुरा बच्चाका लागि हानिकारक

काठमाडौँ । बालबालिकाको मानसिक र शारीरिक वृद्धिसँगै उनीहरूको रोग प्रतिरोधात्मक क्षमतालाई ५ खानेकुराले नराम्ररी असर गर्छ । कतिपय खानेकुरा यस्ता छन् जुन स्वादमा उत्कृष्ट भए पनि बालबालिकाको स्वास्थ्यका लागि राम्रा होइनन् । यस्ता खानेकुराको लगातार सेवनले बालबालिकाको कलेजोमा समेत क्षति पुर्याउँछ ।
फ्रेन्च फ्राइज : फ्रेन्च फ्राइज बालबालिकालाई धेरै मनपर्छ तर ट्रान्स फ्याट र क्यालोरीले भरिएको यो चिज बालबालिकाको पाचन क्रियाका लागि निकै हानिकारक हुन्छ ।
सफ्ट ड्रिंक्स : सोडा वा कोला पिउनाले टाइप–२ मधुमेह र मोटोपनको जोखिम बढाउँछ। आफ्ना छोराछोरीलाई प्याकेज गरिएको फलफूलको जुस खान नदिनुहोस्, यसमा सोडा, चिनी बाहेक केही हुँदैन ।
चिनी भएका खाना : चिनी प्रशस्त मात्रामा भएका खानेकुरामा फाइबर नगण्य हुन्छ। उदाहरणका लागि, क्रिम रोलहरूमा बोसो र चिनी बाहेक अरू कुनै पोषक तत्त्व हुँदैन। बालबालिकालाई १० ग्रामभन्दा कम चिनी र कम्तीमा तीन ग्राम फाइबर भएको खानेकुरा दिनुहोस्।
प्रशोधित खाना : धेरै अनुसन्धानहरूले भन्छ कि प्रशोधित रातो मासु, जस्तै हट डगले मधुमेह, कोलोन क्यान्सरको जोखिम बढाउन सक्छ। उदाहरणका लागि, हट डगमा सोडियम, फ्याट र नाइट्रेटले भरिएका हुन्छन्, जुन क्यान्सरको जोखिमसँग जोडिएको छ।
फलफूलको स्वाद भरिएका चीजहरू : फलफूलको स्वाद हुने बित्तिकै त्यो कुरा फलफूलबाट बनेको हुन्छ भनेर नबुझ्नुहोस्। उदाहरणको लागि फ्रुट केक वा गमीमा चिनी भरिएको छ । यो चिनी र केमिकलले भरिपूर्ण हुन्छ । यो बालबालिकाको दाँतमा टाँसिएर क्याभिटीको समस्या दिनसक्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्को मेट्रोले आफ्नो ९० औं वार्षिकोत्सव मनायो
-
सञ्चारमन्त्री तथा एमाले उपमहासचिव गुरुङ सम्मानित
-
मन्त्री दाहालद्वारा सडक योजना भवन उद्घाटन
-
बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत
-
परवानीपुरदेखि पटेलनगर क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छ : मन्त्री यादव
-
पश्चिम सुर्खेतको कायाकल्प गर्ने मदन भण्डारी राजमार्ग