‘जारी’ पाइरेसी, निर्माताले दिए प्रहरीमा उजुरी
आइतबार, ०३ वैशाख २०८०, १३ : ४४
काठमाडौँ । पछिल्लो समय प्रदर्शनको समय सामाजिक संजालबाट फिल्म पाइरेसीकाका थुप्रै घटना बाहिर आएका छन् । यस्तैमा प्रदर्शनरत फिल्म ‘जारी’ पनि पाइरेसी भएको भन्दै यसका निर्माता मणिराम पोखरेलले प्रहरीमा उजुरी दिएका छन् ।
उनले आइतबार प्रहरीको साइबर ब्युरोमा पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध उजुरी दिएका हुन् ।
हलमा फिल्म प्रदर्शन भएको समय खिचेर ती एकाउन्टबाट फिल्मका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान भएकाले उजुरीमा उल्लेख छ । उजुरीमा उक्त पाइरेसी बिरुद्ध अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन समेत माग गरिएको छ ।
फिल्म ‘जारी’का दृश्य अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती देख्न सकिन्छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्ममा दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
-
नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण