चलचित्रले बजार पाए दर्शक पाउँछ : भुवन केसी
काठमाडौं । नेपाल र भारतका दुई चलचित्र सम्बद्ध संस्थाले आ–आफ्नो देशमा निर्मित चलचित्रलाई बजार उपलब्ध गराउने सहमति गरेका छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३’ विषयक कार्यक्रममा आआफ्ना देशमा रहेका डिजिटल प्लेटफर्म ओभर दि टप (ओटीट) र चलचित्र भवनमा प्रदर्शन गर्न नेपाल फिल्म प्रमोसन सर्किट (एनएफपीसी) नेपाल र फिल्म एण्ड टेलिभिजन प्रमोसन काउन्सिल (एफटीपीसी) भारत सहमत भएका हुन् ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रले बजार पाए दर्शक पाउनेमा विश्वस्त रहेको प्रतिक्रिया दिए । “नेपालमा निर्माण भएको चलचित्रले छिमेकी देश भारतमा बजार विस्तार गर्न सके राम्रो लाभ आर्जन गर्नेछ । साथै, नेपालमा छायाङ्कन हुने दक्षिण भारतीय चलचित्रलाई स्वागत गर्न हामी आतुर छौँ । एकअर्काको बजार खोज्ने कुरा सकारात्मक छ”, बोर्ड अध्यक्ष केसीले भने ।
एनएफपीसीकी अध्यक्ष नुतन न्यौपानेले सांस्कृतिक आदाप्रदानको रुपमा आफूहरुले एकअर्काको चलचित्र बजार प्रवद्र्धन गर्न आतुर रहेको बताए । “नेपाली चलचित्रलाई तेलुगु भाषामा स्वराङ्कन गरेर दक्षिण भारतका ओटीटीमार्फत प्रदर्शन गर्ने तयारीमा छौँ”, भने ।
कार्यक्रममा एफटीपीसी अध्यक्ष चैतन्य जङ्गले बजार र सम्भावनाबारे अध्यन गरिरहेको जानकारी दिए । “हामीलाई छायाङ्कन गर्न नेपाल सहज छ । नेपाली चलचित्र भारतमा र भारतीय नेपालमा छायाङ्कन हुँदा दुवैलाई लाभ हुनेछ”, उनले भने । कार्यक्रममा अभिनेता कृष्ण मल्ल, दीपकराज गिरी, आयुष्मान देशराज श्रेष्ठ जोशी, दिनेश डिसीलगायत उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण