शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्रले बजार पाए दर्शक पाउँछ : भुवन केसी

सोमबार, ०४ वैशाख २०८०, ०८ : १८
सोमबार, ०४ वैशाख २०८०

काठमाडौं । नेपाल र भारतका दुई चलचित्र सम्बद्ध संस्थाले आ–आफ्नो देशमा निर्मित चलचित्रलाई बजार उपलब्ध गराउने सहमति गरेका छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३’ विषयक कार्यक्रममा आआफ्ना देशमा रहेका डिजिटल प्लेटफर्म ओभर दि टप (ओटीट) र चलचित्र भवनमा प्रदर्शन गर्न नेपाल फिल्म प्रमोसन सर्किट (एनएफपीसी) नेपाल र फिल्म एण्ड टेलिभिजन प्रमोसन काउन्सिल (एफटीपीसी) भारत सहमत भएका हुन् । 

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रले बजार पाए दर्शक पाउनेमा विश्वस्त रहेको प्रतिक्रिया दिए । “नेपालमा निर्माण भएको चलचित्रले छिमेकी देश भारतमा बजार विस्तार गर्न सके राम्रो लाभ आर्जन गर्नेछ । साथै, नेपालमा छायाङ्कन हुने दक्षिण भारतीय चलचित्रलाई स्वागत गर्न हामी आतुर छौँ । एकअर्काको बजार खोज्ने कुरा सकारात्मक छ”, बोर्ड अध्यक्ष केसीले भने । 

एनएफपीसीकी अध्यक्ष नुतन न्यौपानेले सांस्कृतिक आदाप्रदानको रुपमा आफूहरुले एकअर्काको चलचित्र बजार प्रवद्र्धन गर्न आतुर रहेको बताए । “नेपाली चलचित्रलाई तेलुगु भाषामा स्वराङ्कन गरेर दक्षिण भारतका ओटीटीमार्फत प्रदर्शन गर्ने तयारीमा छौँ”, भने ।

कार्यक्रममा एफटीपीसी अध्यक्ष चैतन्य जङ्गले बजार र सम्भावनाबारे अध्यन गरिरहेको जानकारी दिए । “हामीलाई छायाङ्कन गर्न नेपाल सहज छ । नेपाली चलचित्र भारतमा र भारतीय नेपालमा छायाङ्कन हुँदा दुवैलाई लाभ हुनेछ”, उनले भने । कार्यक्रममा अभिनेता कृष्ण मल्ल, दीपकराज गिरी, आयुष्मान देशराज श्रेष्ठ जोशी, दिनेश डिसीलगायत उपस्थित थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप