लगानी बोर्डबाट स्वीकृत अरुण तेस्रो बाहेकमा प्रगति देखिएन : महालेखा

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले लगानी बोर्डले लगानी स्वीकृत गरेका आयोजनाको भौतिक प्रगति सन्तोषजनक नरहेको उल्लेख गरेको छ । आफ्नो २० औँ प्रतिवेदनमा महालेखाले लगानी बोर्डबाट स्वीकृत भएका खर्बौ रुपैयाँका आयाेजनामध्ये जम्मा एउटाको मात्रै सन्तोषजनक प्रगति देखाएको हो ।
प्रतिवेदनमा अरुण तेस्रो आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएको छ । यसबाहेक, अन्य आयोजनाको निर्माण कार्य सन्तोषजनक छैन । बोर्डबाट कार्यान्वयन हुने निजी साझेदारीका परियोजनामध्ये कुनै पनि निर्माण सम्पन्न भएका छैनन् । ऊर्जातर्फ ७ र गैर–ऊर्जातर्फ ८ परियोजना सुरु चरणमा तथा ऊर्जातर्फ ३ र गैर ऊर्जा क्षेत्रका ४ परियोजना कार्यान्वयनका चरणमा छन् ।
बोर्डबाट हालसम्म ७ खर्ब २५ अर्ब १७ करोड रुपैयाँ लगानी हुने १९ ऊर्जा परियोजना तथा ३ खर्ब १५ अर्ब ८ करोड रुपैयाँ लगानी हुने १४ गैर ऊर्जा परियोजना समेत १० खर्ब ३० अर्ब ५५ करोड लगानी हुने ३३ परियोजना स्वीकृत गरेको छ । जबकि, यसमध्येबाट अरुण तेस्रोको भौतिक प्रगति राम्रो देखिएको छ । यस्तै, होङ्सी र ह्वासिन सिमेन्ट कार्यान्वयनमा आइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश