लगानी बोर्डबाट स्वीकृत अरुण तेस्रो बाहेकमा प्रगति देखिएन : महालेखा
काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले लगानी बोर्डले लगानी स्वीकृत गरेका आयोजनाको भौतिक प्रगति सन्तोषजनक नरहेको उल्लेख गरेको छ । आफ्नो २० औँ प्रतिवेदनमा महालेखाले लगानी बोर्डबाट स्वीकृत भएका खर्बौ रुपैयाँका आयाेजनामध्ये जम्मा एउटाको मात्रै सन्तोषजनक प्रगति देखाएको हो ।
प्रतिवेदनमा अरुण तेस्रो आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएको छ । यसबाहेक, अन्य आयोजनाको निर्माण कार्य सन्तोषजनक छैन । बोर्डबाट कार्यान्वयन हुने निजी साझेदारीका परियोजनामध्ये कुनै पनि निर्माण सम्पन्न भएका छैनन् । ऊर्जातर्फ ७ र गैर–ऊर्जातर्फ ८ परियोजना सुरु चरणमा तथा ऊर्जातर्फ ३ र गैर ऊर्जा क्षेत्रका ४ परियोजना कार्यान्वयनका चरणमा छन् ।
बोर्डबाट हालसम्म ७ खर्ब २५ अर्ब १७ करोड रुपैयाँ लगानी हुने १९ ऊर्जा परियोजना तथा ३ खर्ब १५ अर्ब ८ करोड रुपैयाँ लगानी हुने १४ गैर ऊर्जा परियोजना समेत १० खर्ब ३० अर्ब ५५ करोड लगानी हुने ३३ परियोजना स्वीकृत गरेको छ । जबकि, यसमध्येबाट अरुण तेस्रोको भौतिक प्रगति राम्रो देखिएको छ । यस्तै, होङ्सी र ह्वासिन सिमेन्ट कार्यान्वयनमा आइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण