तिला नदीमा बेपत्ता विश्वकर्माको खोजी जारी
सोमबार, ०४ वैशाख २०८०, १३ : ५३
कालीकोट । कालीकोटको तिला नदीमा बेपत्ता भएका जिल्ला समन्वय समिति कालीकोटका सदस्य कालीबहादुर विश्वकर्मा अझै फेला परेका छैनन् । तिला नदीबाट दाउरा निकाल्ने क्रममा तिलागुफा नगरपालिका–१ भिग्मबाट विश्वकर्मा बेपत्ता भएका थिए ।
शनिबार बिहान ११ बजेतिर तिला नदीमा दाउरा निकाल्न जानु भएका विश्वकर्माको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । गत जेठमा कांग्रेसबाट वडा सदस्य निर्वाचित ३७ वर्षीय विश्वकर्मा भदौमा गठबन्धनको तर्फबाट जिल्ला समन्वय समिति सदस्यमा निर्वाचित भएका छन् ।
उनको स्थानीय र प्रहरीले शनिबारदेखि खोजी गरिरहेको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
-
टेलिकम बिलिङ सिस्टम भ्रष्टाचार मुद्दाः सुनिल पौडेलसहित १८ जनाविरुद्ध सुनुवाइ सुरु
-
बाँकेमा रोपाइँ गर्न आकाशे पानीको भर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण