६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा बहने साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आज बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार देशका केही जिल्लाका साना नदीहरूमा बाढीको मध्यम जोखिम रहेको छ ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहेको छ । यसै गरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सामान्य अर्थात् सतर्कता तहभन्दा मुनि रहेको महाशाखाले जनाएको छ ।
ठुला नदीहरूमा जोखिम नदेखिए पनि आज कञ्चनपुर, कैलाली, रूपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव भने उल्लेख्य बढ्ने अनुमान गरिएको छ । यी जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ ।
यसै गरी आगामी दुई दिन पनि देशका विभिन्न प्रदेशका साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरिएको छ । भोलि १९ असार र पर्सि २० असारमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश भई बहने स–साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने महाशाखाले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि दुई अर्ब
-
अर्थमन्त्रीको दाबी– आफूविरुद्ध समेत सम्पत्ति शुद्धीकरणको हतियार चलाउन खोजिएको थियो
-
‘युवामा राज्यले लगानी नगरे भोलिको राष्ट्रको आधार कमजोर हुन्छ’
-
बजेट विवाद उत्कर्षमा : कोशी प्रदेशसभा बैठक पुनः स्थगित
-
कंगोका प्रशिक्षकलाई पितृशोक, खेल अवधिभर सुनाइएन मृत्युको खबर
-
लगातार तेस्रो दिन पनि घट्यो तेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण