किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
किभ । रूसले बुधबार राति युक्रेनको राजधानी किभमा व्यापक मिसाइल र ड्रोन आक्रमण गरेको छ । यस आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको तथा २५ जना घाइते भएका छन् ।
घाइतेमध्ये केही बालबालिका पनि रहेका छन् । किभ सैन्य प्रशासनका प्रमुख तिमुर ट्काचेन्कोका अनुसार आक्रमणले आवासीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। उनले रूसले जानाजानी सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएका छन् ।
आक्रमणपछि किभका विभिन्न क्षेत्रमा आगलागी भएको, धेरै भवनमा क्षति पुगेको तथा एम्बुलेन्स स्टेशन पनि प्रभावित भएको बताइएको छ । हवाई सुरक्षा प्रणालीले धेरै मिसाइल र ड्रोनलाई रोक्ने प्रयास गरे पनि शहरभरि विस्फोटका आवाज सुनिएका थिए ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमण हुनुअघि नै रूसले ‘ठूलो आक्रमण’को तयारी गरिरहेको चेतावनी दिएका थिए । उनले नागरिकलाई सतर्क रहन र आफ्नो परिवारको सुरक्षा गर्न आग्रह गरेका थिए । उनका अनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले लामो समयदेखि यस आक्रमणको तयारी गरिरहेका थिए ।
यसैबीच, छिमेकी देश पोल्यान्डले आफ्नो हवाई क्षेत्रको सुरक्षाका लागि लडाकु विमान परिचालन गरेको छ । पोलिस सेनाले यो कदम सम्भावित जोखिमलाई ध्यानमा राखेर सावधानीस्वरूप चालिएको जनाएको छ ।
पोल्यान्डमाथि भने कुनै आक्रमण भएको जानकारी छैन । उता, पूर्वी युक्रेनको कोस्त्यान्टिनिभ्का क्षेत्रमा रूसी सेना थप अघि बढिरहेको बताइएको छ । यो शहर रूसका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ । यद्यपि युक्रेनी सेनाले यस वर्ष आफूहरूले गुमाएकोभन्दा बढी भूभाग पुनः नियन्त्रणमा लिएको र रूसी आपूर्ति मार्गमा अवरोध सिर्जना गरेको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
-
एम्पायर स्टेट बिल्डिङको चुचुरोमा विवाह प्रस्ताव गर्ने रुसी जोडी पक्राउ
-
संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभाको लाइभ प्रभावित
-
‘लेनिन’ मार्फत ठुलो पर्दामा फर्किँदै अभिनेता अखिल अक्किनेनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण