संघाराम विहारमा करोडौं भ्रष्टाचार
काठमाडौं । काठमाडौंको ढल्कोस्थित संघाराम विहारको पुनर्निर्माण र धर्मको नाममा त्यहाँको अध्यक्ष र कोषाध्यक्ष मिलेर करोडौं रकम हिनामिना गरेको तथ्य भेटिएको छ । भगवान् बुद्धका उपदेश र उनका आदर्शको प्रचार गरी सुखी मानिस र शान्त समाज स्थापना गर्ने उद्देश्यसहित स्थापना भएको सो विहारमा अध्यक्ष र कोषाध्यक्षको मिलेमतोमा भवन निर्माण र दान दक्षिणको रकम आफू खुसी प्रयोग गर्ने गरेको भेटिएको हो ।
विहारका प्रमुख भिक्षु उपतिस्स श्रेष्ठ महास्थवीर र कोषाध्यक्ष सद्दातिस्सले भवन निर्माणका लागि काठमाडौं महानगरपालिकाबाट विहारको बुद्धमूर्ति जीर्णोद्वार परियोजनाका लागि आएको रकम, भूकम्पपीडितको नाममा पुनर्निर्माण प्राधिकरण र सहरी विकास तथा भवन निर्माणबाट आएको १ करोड रुपैयाँ भ्रष्टाचार गरेको पाइएको हो ।
चन्दादाता र आस्थावान् उपासकको धार्मिक आस्था राख्नेहरूले दिएको रकमसमेत भिक्षुले हिनामिना गरेको भेटिएको हो । सहरी विकास तथा भवन निर्माण विभागबाट आएको ५६ लाख रुपैयाँ नक्कली खाता सञ्चालन गरेर राखेको र नक्कली लेखा परीक्षण गरेको समेत भेटिएको छ ।
साथै पुनः निर्माण प्राधिकरणबाट आएको २२ लाख ९५ हजार १ सय ११ रुपैयाँको हिसाबकिताब मिलान गर्न नसकेको र महानगरपालिकाले पहिलो किस्तावापत् दिएको २४ लाख ४९ हजार ५ सय १० रुपैयाँ भुक्तानी भइसकेको छ ।
जसमध्ये १४ लाख रुपैयाँको हिसाबकिताब मिलान हुन सकेको छैन । भवन निर्माणको नाममा नक्कली बैंक खाता र नक्कली लेखापरीक्षण बनाएर हिनामिना गर्ने गरेको भेटिएको हो । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमै ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकः नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण