स्टार्ट अप कर्जाका लागि ८४ परियोजना प्रस्ताव
काठमाडौं । स्टार्ट अप व्यवसाय कर्जाका लागि हालसम्म उद्योग विभागमा ८४ परियोजनाको प्रस्ताव आएको छ । स्टार्ट अप उद्यम कर्जाका लागि विभागले परियोजना प्रस्ताव माग गरेको १८ दिनमा कर्जाका लागि त्यति प्रस्ताव दर्ता भएको हो ।
उद्योग विभागले चैत १६ गते स्टार्ट अप उद्यमको कर्जाका लागि परियोजना पेश गर्न २१ दिने सूचना जारी गरेको थियो। वैशाख ६ गते बुधवार यसको म्याद सकिँदै छ । यस्तो उद्यम गर्न चाहनेका लागि सघाउन स्टार्ट अप व्यवसाय कर्जा प्रवाह कार्यविधि २०७९ ल्याइएको थियो । त्यसअनुसार अहिले कर्जा उपलब्ध गराउन परियोजना प्रस्ताव गर्न माग गरिएको छ । कार्यविधिअनुसार यस्तो कर्जा विभिन्न १४ ओटा क्षेत्रमा स्टार्ट अप उद्यम गर्नका लागि पाइनेछ ।
कार्यविधिमा तोकिएका दर्जनभन्दा बढी क्षेत्रमध्ये दुईओटामा बढी परियोजना प्रस्ताव गरिएको छ । सबैभन्दा धेरै परियोजना प्रस्ताव कृषि तथा पशुपक्षीमा आधारित र सफ्टवेयरसँग सम्बद्ध रहेको विभागले जानकारी दिएको छ ।
कार्यविधिले तोकेका क्षेत्रमा कृषि तथा पशुपक्षी, वन (जडीबुटी, वन पैदावार), पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बद्ध, विज्ञान प्रविधि सञ्चार तथा सूचना प्रविधि, मानव स्वास्थ्य सेवा क्षेत्रका स्र्टाट अप उद्यमीका लागि कर्जा पाइनेछ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपाका निर्वाचित ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य (सूचीसहित)
-
१० बजे १० समाचार : भद्रगोल व्यवस्थापनकैबिच सकियाे रास्वपा महाधिवेशन, विवाद मिलाउन नेता फेरिएको फेरियै
-
ब्रिटिस काउन्सिलद्वारा अर्बिट मेडिकल इन्ट्रान्सलाई ‘प्लाटिनम पाटर्नर अवार्ड’ प्रदान
-
सूर्यविनायकमा बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण