बल्खु–कलङ्की सडकको अनियमिततामाथि अख्तियारद्वारा छानबिन सुरु
चक्रपथको बल्खु–कलङ्की सडकखण्डको सर्भिस लेन पुनस्र्थापना (रिहाबिलिटेसन)का क्रममा अनियमितता भएको शङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । छानबिन प्रक्रिया सुरु भएपछि सो सर्भिस लेनको पुनस्र्थापना कार्य तत्काल रोकिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले सर्भिस लेन पुनस्र्थापनासम्बन्धमा आयोगले छानबिन सुरु गरेको जानकारी दिनुभयो । काठमाडौँ सडक डिभिजनका प्रमुख नारायणप्रसाद निहुरेले कलङ्की–बल्खु सडकखण्डको सर्भिस लेनको १।७ किलोमिटर सडकखण्डमा कालोपत्रेमुनिको ‘बेस फेलियर’ भई कालोपत्रे सतह बिग्रिएको भन्दै कालोपत्रे उप्काएर पुनस्र्थापना सुरु भएको जानकारी दिए । चक्रपथ सुधार आयोजनाबाट सडक डिभिजन कार्यालयमा सो सडकखण्ड हस्तान्तरण भई डिभिजनले सर्भिस लेन पुनस्र्थापना अगाडि बढाएको थियो ।
सर्भिस लेनमा कुनै पनि समस्या नआएको, सडकमा खाल्टाखुल्टी नपरेको र चक्रपथको अरू भागमा जस्तै सो सर्भिस लेनमा पनि सवारीसाधन आवतजावतमा कुनै अवरोध नहुँदानहुँदै बिनाकारण कालोपत्रे उप्काएर पुनस्र्थापना अगाडि बढाइएको पाइएको थियो । चीन सरकारको अनुदानमा निर्माण भएको चक्रपथको सो सर्भिस लेन काम नलाग्ने भएको भन्दै ऋण लिएर बनाउन थालिएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
रास्वपा महामन्त्रीमा जगदिश खरेलको उम्मेदवारी दर्ता
-
रास्वपा महामन्त्रीको दौडबाट पछि हटे शिशिर खनाल
-
रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता
-
आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा
-
४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण