सेमेस्टर प्रणाली विद्यार्थीहरूको लागि प्रभावकारी हुन सकेन: कोइराला
बुटवल । शिक्षाविद् एवं प्रा.डा.विद्यानाथ कोइरालाले शिक्षा मन्त्रालयमा देशका ठुला राजनीतिक दलले राजनीतिक स्वार्थ मात्रै पूरा गर्ने देखिएको भन्दै उच्च शिक्षामा राज्यको उदासीनता बढेको बताएका छन् । जसका कारण अहिलेको सेमेस्टर प्रणाली विद्यार्थीहरूको लागि प्रभावकारी नभएको उनको भनाइ छ ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले मङ्गलवार गरेको कार्यक्रममा बोल्दै उनले शिक्षामा बजेट पर्याप्त नभएका कारण सामुदायिक विद्यालयको पहुँच घट्दै गएको बताए । उच्च शिक्षालाई हेर्ने एउटा छुट्टै मेकानिजम स्थापना भएमा शिक्षा क्षेत्र सुधार हुँदै जाने उनको बुझाई छ । हालसम्म सरकारले तलदेखि उच्च शिक्षासम्म हेर्दै आएकाले दृष्टि पुग्न नसक्दा नेपालको शिक्षा क्षेत्र फस्टाउन नसकेका कोइरालाको जिकिर छ ।
वरिष्ठ अधिवक्ता तथा नेपाल प्राध्यापक सङ्घका पूर्व अध्यक्ष डा.बुद्धबहादुर थापाले नेपालमा भोलिका दिनमा न पाठ्यक्रम, न पाठ्य पुस्तक, न शिक्षक कोही नहुने दिन आउने चिन्ता व्यक्त गरे ।
बुटवल उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले शिक्षा ऐन २०२८ लाई परिमार्जन गर्दै हालसम्म चल्दै आएको भन्दै नयाँ नीति नबनेसम्म शिक्षाको क्षेत्रको विकास सोचे अनुसार नहुने बताए ।
शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष कृष्ण मल्ललगायतले पनि आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
-
राष्ट्रिय भेला गर्ने निर्णय थप सल्लाह गरेर मात्रै हुन्छ : पूर्णबहादुर खड्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण