मानव बेचबिखन मुद्दामा एक पुरुष पक्राउ
बुधबार, ०६ वैशाख २०८०, ११ : ३४
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा एक जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका– ५ लमही बजारस्थित विएण्डवि होटेलका सञ्चालक नुमाराम भुसाललाई प्रहरीले बुधवार पक्राउ गरेको हो ।
भुसालमाथि २०७९ मङ्सिरदेखि २०७९ चैत २७ सम्म विभिन्न प्रलोभन र डर धम्की देखाएर युवतीमाथि शारीरिक सम्बन्ध राख्न लगाएको र सोबापत रकम असुली गर्दै आएको उजुरी परेको थियो । पीडितको सो उजुरीका आधारमा भुसाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिए । पक्राउ
परेका भुसाललाई मानव बेचबिखन तथा ओसार पसारसम्वन्धी मुद्दा दर्ता गरी ५ दिनको म्याद थप गरिएको गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
-
लुम्बिनीमा स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण