युनियन लाइफ इन्स्योरेन्स साधारणसभाबाट मर्जर प्रस्ताव पारित
काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा बुधबार सम्पन्न भएको छ । भैरहवामा सम्पन्न भएको सभाले युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी अन्तिम प्रस्तावहरूलाई पारित गरेको छ ।
मर्जर पश्चात् बन्ने जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स कायम गरी सो नामबाट जीवन बीमा व्यवसाय संचालन गर्ने सम्बन्धी प्रस्ताव समेत साधारणसभाले पारित गरेको छ ।
साथै तिनबटै कम्पनीको शेयर अनुपात क्रमशः १ः१ः१ कायम गर्ने, एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम सम्झौता पत्र, सहमतपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध सम्झौताहरूको अनुमोदन गर्ने निर्णय भएको छ ।
यसैगरी चल/अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन तयार गर्नका लागि लेखापरीक्षक/मूल्याङ्कनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन पनि साधारणसभाले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण