शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

युनियन लाइफ इन्स्योरेन्स साधारणसभाबाट मर्जर प्रस्ताव पारित

बुधबार, ०६ वैशाख २०८०, १४ : २७
बुधबार, ०६ वैशाख २०८०

काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा बुधबार सम्पन्न भएको छ ।  भैरहवामा सम्पन्न भएको सभाले युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी अन्तिम प्रस्तावहरूलाई  पारित गरेको छ । 

मर्जर पश्चात् बन्ने जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम  हिमालयन लाइफ इन्स्योरेन्स कायम गरी सो नामबाट जीवन बीमा व्यवसाय संचालन गर्ने सम्बन्धी प्रस्ताव समेत साधारणसभाले पारित गरेको छ । 

साथै तिनबटै कम्पनीको शेयर अनुपात क्रमशः १ः१ः१ कायम गर्ने, एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम सम्झौता पत्र, सहमतपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध सम्झौताहरूको अनुमोदन गर्ने निर्णय भएको छ । 

यसैगरी चल/अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन तयार गर्नका लागि लेखापरीक्षक/मूल्याङ्कनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन पनि साधारणसभाले गरेको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप