रुपन्देहीमा झारफुक प्रकरण : एकजनालाई थुनामा राख्न अदालतको आदेश
बुटवल । रुपन्देहीमा झारफुकबाट बालिकाको मृत्यु प्रकरणमा संलग्न महिलालाई थुनामा राख्न जिल्ला अदालत रुपन्देहीले आदेश दिएको छ ।
जिल्लाको सैनामैना नगरपालिकामा झारफुकबाट बालिकाको मृत्यु भएको थियो । सो प्रकरणमा अदालतले बुधबार एक जनालाई थुनामा राख्न र अन्यलाई छाड्न आदेश दिएको हो ।
गत फागुन २० गते सैनामैना–१० फुलबारीकी १४ वर्षिया सिता ज्ञवालीको झारफुकको चरम यातनापछि मृत्यु भएको थियो । प्रहरीले अनुसन्धानका लागि घरपरिवारदेखी मवालीसम्मका आफन्तलाई पक्राउ गरी थुनामा राखेको थियो ।
जिल्ला अदालत रुपन्देहीको आदेशमा माता भनिने रेश्मी थापालाई पुर्पक्षका लागि जेल चलान गरिएको र अन्यलाई धरौटी तथा साधारण तारेखमा छोडिएको छ । प्रहरीले उक्त घटनामा प्रत्यक्ष संलग्न रहेको भनिएकी सोनिया रेश्मी, बालिकाका बाबु तारा ज्ञवाली र आमा लिलासहित छिमेकी तथा आफन्त गरी १८ जनालाई अनुसन्धानका लागि पक्राउ गरी मुद्दा चलाएको थियो ।
इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार बालिकाका बुबा तारा, आमा लीला, भिडिओ खिच्ने ईश्वरी ज्ञवाली र अटोमा माताको घर लग्ने निमकला पाण्डे ५० हजार धरौटीमा रिहा भएका छन् । अन्य १३ जना भने साधारण तारेखमा छुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
-
लुम्बिनीमा स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण