निर्देशक यश चोपडाकी श्रीमती पामेलाको निधन
भारतीय सिनेमाका दिग्गज तथा दिवङ्गत निर्देशक यश चोपडाकी श्रीमती पामेला चोपडाको निधन भएको छ । पामेलाले ७४ वर्षको उमेरमा अन्तिम सास फेरिन् । पामेलाको बिहीबार बिहान निधन भएको हो ।
पामेला चोपडा आदित्य चोपडा र उदय चोपडाकी आमा हुन् । उनी रानी मुखर्जीकी सासू हुन् । पामेला चोपडाले सन् १९७० मा यश चोपडासँग पारम्परिक रीति–रिवाजमा विवाह गरेकी थिइन् । श्रीमानको मृत्यु भएको करिब ११ वर्षपछि पामेलाको निधन भएको हो ।
गायिका, लेखिका र निर्मातासमेत थिइन् पामेला
पामेला चोपडा एक प्लेब्याक सिंगर थिइन् । उनी फिल्म राइटर र निर्माता पनि थिइन् । यश चोपडाको थुप्रै फिल्मको सङ्गीतमा उनको संलग्नता रहेको छ । पामेलाले थुप्रै गीत पनि गाएकी थिइन् । तर उनले सबै गीत आफ्ना श्रीमानको फिल्मका लागि मात्रै गाइन् ।
सन् १९९३ मा रिलिज भएको आइनालाई पामेला चोपडा एक्लैले निर्माण गरेकी थिइन् । पामेलाले आफ्ना श्रीमान् यश चोपडा, छोरा आदित्य चोपडा र व्यावसायिक लेखिका तनुजा चन्द्रासँग सन् १९९७ को हिट फिल्म ‘दिल तो पागल है’ को स्क्रिप्ट पनि लेखेकी थिइन् ।
द रोमान्टिकमा देखिएकी थिइन् पामेला
पामेला चोपडालाई अन्तिम पटक यशराजको डकुमेन्ट्री सिरिज ‘द रोमान्टिक’ मा देखिएको थियो । यो सिरिजमा उनले आफ्ना श्रीमान् यशराजको यात्रा र वाईआरएफको लेगेसीबारे धेरै कुरा साझा गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण