युवतीको चरित्रहत्या गर्ने युवक साइबर ब्युरोको फन्दामा
बिहीबार, ०७ वैशाख २०८०, १३ : ०५
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले युवतीको चरित्र हत्या गर्ने एक युवकलाई पक्राउ गरेको छ । पीडित युवतीले आफूले प्रयोग गर्दै आइरहेको मोबाइल हराएपछि युवकले भेटेको मोबाइल प्रयोग गरेर प्रोफाइलमा भएका तस्बिरहरूमा अश्लील शब्दहरू राखी अपलोड गर्ने गरेपछि ब्युरोमा निवेदन परेको थियो ।
सोही निवेदनमा प्रहरीले रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं. ५ का २२ वर्षीय ओमप्रकाश महरालाई पक्राउ गरेको हो । उनलाई रोल्पाबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अदालत काठमाडौँबाट दिन ७ (सात) म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नकआउट चरणको आशसहित दक्षिण अफ्रिका र दक्षिण कोरिया प्रतिस्पर्धामा
-
लमजुङमा विद्युत् उत्पादन बढ्यो
-
आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
समूह ‘सी’ को विजेता बन्दै ब्राजिल अन्तिम ३२ मा, मोरक्कोद्वारा हाइटी ४–२ ले पराजित
-
जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण