शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

फेरि बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख १० हजार कायम

शुक्रबार, ०८ वैशाख २०८०, ११ : ०७
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा उतारचढाव आइरहेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि ४ सय रुपैयाँले वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले बढ्दै १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ । 

यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ४ सय रुपैयाँले नै बढ्दै १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  यद्यपि, यता चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै आज प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप