फेरि बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख १० हजार कायम
शुक्रबार, ०८ वैशाख २०८०, ११ : ०७
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा उतारचढाव आइरहेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि ४ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले बढ्दै १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ ।
यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ४ सय रुपैयाँले नै बढ्दै १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यद्यपि, यता चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै आज प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण