सन्दीपको घातक बलिङ, नेपाललाई पाँचौं सफलता
शुक्रबार, ०८ वैशाख २०८०, १५ : ०७
काठमाडौँ । एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले पाँचौं विकेट लिएको छ। नेपालका स्पिनर सन्दीप लामिछानेको घातक बलिङले ओमान संकटमा पुगेको हो ।
जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले ५ विकेट गुमाएर २४ ओभरको समाप्तिमा १०९ रन मात्र जोडेको छ ।
हालसम्म नेपालका लागि सन्दीप लामिछानेले तीन, ललित राजवंशी र सन्दीप ऐरीले एक–एक विकेट लिएका छन् ।
ऐरीले २२.५ ओभरमा आउट गराएका आयान खानले २८ बलमा २९ रन बनाए । स्पिनर ललितनारायण राजवंशले जतिन्दर सिंहलाई १५ रनमा बोल्ड गर्दा सन्दीपले १३ औं ओभरको तेस्रो बलमा विकेट किपर आदिल शफिकलाई १३ रनमा एलबीडब्लू आउट गरे ।
यसै ओभरको अन्तिम बलमा सन्दीपले कप्तान जिशान मकसुदलाई शून्यमा बोल्ड गरे । सन्दीपले अर्को ओभरको पहिलो बलमा ओपनर कश्याप प्रजापतिलाई २५ रनमा एलबीडब्लू आउट गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण