सन्दीपलाई बधाई दिँदै पारस खड्काले भने–वेलडन
शुक्रबार, ०८ वैशाख २०८०, १५ : २०
काठमाडौँ । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले लेग स्पीनर सन्दीप लामिछानेलाई बधाई दिएका छन् ।
सन्दीपले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो ४२ औं खेलमा १०० विकेट लिएर विश्वकीर्तिमान बनाएपछि पूर्व कप्तान खड्काले ‘वेल डन सन्दीप’ भन्दै बधाई दिएका हुन् ।
पारसले ‘वल्र्ड रेकर्ड एलर्ट । फास्टेस्ट इभर टु हन्ड्रेड ओडिआई विकेटस् । वेलडन सन्दीप लामिछाने’ भन्दै सन्दीपको कीर्तिमानमा खुसी व्यक्त गरेका हुन् ।
एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा आज अदिल शफिकलाई आउट गर्दै सन्दीपले ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाए ।
यसअघि यो कीर्तिमान अफगानिस्तानका रशिद खानको नाममा थियो । रशिदले ४४ इनिङ्समा यो सफलता पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण