आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

नेपालबाट १६ करोडको डाइपर निर्यात, डेढ अर्बको आयात

शनिबार, ०९ वैशाख २०८०, १२ : ५१
शनिबार, ०९ वैशाख २०८०

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा नेपालबाट १६ करोड रुपैयाँको डाइपर निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको ९ महिनाको तथ्यांकअनुसार साउनदेखि चैतसम्ममा उक्त मूल्य बराबरको डाइपर निर्यात भएको हो । यस अवधिमा २ करोड ६० लाख पिस डाइपर निर्यात भएको छ । र, नेपाबाट निर्यात भएको सम्पूर्ण डाइपर भारतमै गएको तथ्यांकमा उल्लेख छ । यस्तै, यस अवधिमा विदेशबाट १ अर्ब ५४ करोडभन्दा धेरैको डाइपर आयात भएको छ ।

विदेशबाट ९ महिनाको अवधिमा ९ करोड ३० लाख ५३ हजारवटा डाइपर आयात हुँदा सरकारले ४५ करोड ७० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । नेपालमा विश्वका १० वटाभन्दा धेरै देशबाट डाइपर आयात भएपनि मूख्यगरी भारत र चीनबाटै आयात हुने गरेको छ । यस अवधिमा भारतबाट १ अर्ब ३६ करोडको डाइपर आयात भएको छ भने चीनबाट १८ करोड १७ लाख रुपैयाँको डाइपर आयात भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप