दाङमा श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
दाङ– दाङ प्रहरीले श्रीमती हत्याको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । वैशाख ६ गते सामान्य घरायासी विवादमा श्रीमतीको हत्या गरी घर अगाडिकै रछ्यानमा शव गाडेर फरार रहेका घोराही उपमहानगरपालिका वडा नं. १२ का मेघराज केसीलाई प्रहरीले पक्राउ गरेको हो । केसीलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले ८ गते राती पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
४१ वर्षीय शारदाकुमारी केसीको हत्या गरी घर अगाडी रछ्यानमा शव गाडेर जंगलको बाटो भाग्दै गरेका केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । जंगलको बाटो हुँदै भारत जाने तयारीमा रहेका केसीलाई विशेष सूचना र संयन्त्र प्रयोग गरी पक्राउ गरिएको उनले जानकारी दिए । मृतक केसीको शव स्थानीयहरु गाडेको अवस्थामा आधा खुुट्टा र कपडा देखेृपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यस्तै प्रहरीले बालिकालाई ठक्कर दिएर फरार अटो चालकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालक घोराही– १२ हापुर गुर्जेका सुवास सुनार रहेका छन् । गत चैत १६ गते घोराही हापुर रोडमा अटोको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका वडा नं १७ की ५ वर्षिया बालिका युविका बुढाथोकीको मृत्यु भएको थियो । बालिकालाई ठक्कर दिई फरार भएका सुनारलाई भारतको हरियाणाबाट पक्राउ गरी ल्याएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अटो चालक सुनार घटना भएको २६ दिनपछि पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण