उपनिर्वाचन
चितवनमा सर्वदलीय बैठक नै बस्न सकेन
आइतबार, १० वैशाख २०८०, २२ : ४२
चितवन। चितवन २ को मतगणना सुरु गर्नुअघि बोलाएको सर्वदलीय बैठक नै भाँडिएको छ । बैठक बस्नुअघि नेपाली कांग्रेसले रास्वपाका उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको बारे छानविन हुनुपर्ने अडान राखेपछि सर्वदलीय बैठक भाँडिएको हो ।
कांग्रेसले लामिछानेविरुद्ध उजुरी दर्ता गरेको थियो । सबै मतपेटिका संकलनपछि सर्वदलीय बैठक आव्हान गरेपनि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आफु नआएर प्रतिनिधि पठाएका थिए । त्यस्तै प्रहरी प्रमुख पनि बैठकमा सहभागी भएका थिएनन् ।
सिडियो र प्रहरी प्रमुख नआएको तथा उजुरीको समेत टुंगो नलागेकाले बैठक छाडेर आफूहरु हिँडेको चितवन कांग्रेसका सभापति राजेश्वर खनालले रातोपाटीलाई जानकारी दिए । कांग्रेसका नेताहरु बाहिरिएसँगै रास्वपाका उम्मेदवार रवि लामिछाने पनि मतगणनास्थलबाट बहिरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण