शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

चितवनमा सर्वदलीय बैठक नै बस्न सकेन

आइतबार, १० वैशाख २०८०, २२ : ४२
आइतबार, १० वैशाख २०८०

चितवन। चितवन २ को मतगणना सुरु गर्नुअघि बोलाएको सर्वदलीय बैठक नै भाँडिएको छ । बैठक बस्नुअघि नेपाली कांग्रेसले रास्वपाका उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको बारे छानविन हुनुपर्ने अडान राखेपछि सर्वदलीय बैठक भाँडिएको हो । 

कांग्रेसले लामिछानेविरुद्ध उजुरी दर्ता गरेको थियो । सबै मतपेटिका संकलनपछि सर्वदलीय बैठक आव्हान गरेपनि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आफु नआएर प्रतिनिधि पठाएका थिए । त्यस्तै प्रहरी प्रमुख पनि बैठकमा सहभागी भएका थिएनन् ।

सिडियो र प्रहरी प्रमुख नआएको तथा उजुरीको समेत टुंगो नलागेकाले बैठक छाडेर आफूहरु हिँडेको चितवन कांग्रेसका सभापति राजेश्वर खनालले रातोपाटीलाई जानकारी दिए । कांग्रेसका नेताहरु बाहिरिएसँगै रास्वपाका उम्मेदवार रवि लामिछाने पनि मतगणनास्थलबाट बहिरिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप