‘एउटा सपनाको अवसान’ थप तीन दिन मञ्चन हुने
काठमाडौँ । नाटक ‘एउटा सपनाको अवसान’ को मञ्चन अवधि तीन दिन लम्बिएको छ । निर्माता गोविन्द पराजुलीका अनुसार धेरै दर्शक टिकट नपाएर फर्केको गुनासो आएपछि मञ्चन तीन दिन थप्ने निर्णय गरिएको हो । नाटक अब सोमबार, मंगलबार र बुधबार गरी तीन दिन थप मञ्चन हुनेछ । नाटकको नियमित मञ्चन आइतबार सकिएको थियो ।
‘थुप्रै दर्शकले नाटक हेर्न पाइएन भनेर गुनासो गरेको देख्यौँ । केही त घन्टौँ कुरेर पनि टिकट नपाउँदा फर्कनुपरेको छ । सकभर सबैलाई देखाउँ भन्ने मनसायले तीन दिन थप्ने निर्णय गरेका छौँ,’ निर्माता गोविन्द पराजुलीले भने, ‘ठूलो सेट र ठूलो कलाकारको समूह दोहोर्याएर जुटाउन गाह्रो छ । त्यसैले जुटेकै समयमा सोमबारको बिदामा पनि नाटक मञ्च नगर्ने निर्णय गरेका छौँ । आशा छ यो तीन दिनमा हेर्न चाहाने सबैले नाटक हेर्न पाउनुहुनेछ ।’ गोविन्दले अन्तिम दिन अर्थात् बुधबार १ बजे र ५ बजे गरी दुई सो मञ्चन हुने र योसँगै नाटक मञ्चनले बिट मार्ने जानकारी गराए ।
नाटकले सपनाको आकर्षणले मानिसलाई यन्त्रमा रुपान्तरण गर्ने र मानिस अधुरा आकांक्षा र सपनासँग जीवन त्याग गर्न बाध्य हुने कथा प्रस्तुत गर्छ । अनुप बरालको निर्देशनमा बनेको ‘द डेथ अफ सेल्सम्यान’ को नेपाली अनुवादमा शेखर चापागाइँ, दिव्य देव, दिया मास्के, मेनुका प्रधान, उत्पल झा, विकास जोशी, रोयदिभ श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । नाटक चैत १० गतेदेखि सुरु भएको थियो । नाटकलाई एक्टर्स स्टुडियो र मण्डला थिएटरसँगको सहकार्यमा गोविन प्रडक्सनका लागि गोविन्द पराजुलीले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण