दलबहादुर र मञ्जुलाई जुम्ला–रारा म्याराथनको उपाधि
जुम्ला । कर्णाली स्पोर्टस् क्लबको आयोजनामा भएको जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि पुरुष तर्फ दलबहादुर कुँवर र महिला तर्फ मञ्जु राउतले जितेका छन् । ४९ किलो मिटरको दुरी दलबहादुरले ४ घण्टा ५४ मिनट १० सेकेन्डमा र मञ्जुले ६ घण्टा ६ मिनट २३ सेकेन्डमा पुरा गर्दै उपाधिका साथ नगद १ लाख, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
पुरुषतर्फ धीरबहादुर बुढाले ४ घण्टा ५७ मिनट ५७ सेकेन्ड र सेर बहादुर बुढाले ५ घण्टा ८ मिनटमा दुरी पुरा गर्दै क्रमशः दोस्रो र तेस्रो भए । यस्तै महिला तर्फ गणना भण्डारी ६ घण्टा ५४ मिनट २७ सेकेन्ड समयका साथ दोस्रो र अनिता बुढा ७ घण्टा ५२ मिनट ४६ सेकेन्ड समयका साथ तेस्रो भए ।
दोस्रो र तेस्रो हुने खेलाडीहरूले नगद ७५ हजार र ५० हजारका साथ मेडल र प्रमाण पत्र प्राप्त गरे ।
म्याराथनमा पुरुष तर्फ ६१ र महिला तर्फ १० जना खेलाडीको सहभागिता रहेको राखेप प्रचार प्रसार शाखाका प्रशासकीय अधिकृत लोकेन्द्र बस्नेतले जानकारी गराए । म्याराथन जुम्लाको २३५० मिटरको खलङ्ग बजारबाट सुरु भई डाँफे पास, न्युरीघाट, चौथा, दाभा, चुचेमारा पास, मिली चौर हुदै रारा तालको २९८० मिटर उचाइमा रहेको हुटुमा गएर पुरा भएको थियो ।
विजयी खेलाडीहरूलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, बोर्ड सदस्य अञ्जन धमला, पर्वतीय खेलकुद महासङ्घका अध्यक्ष एवं पूर्व राखेप सदस्य गोविन्द भट्टराई, गिनिज बुक अफ वर्ड रेकर्डमा नाम लेखाउन सफल ओलम्पियन खेलाडी एवं आयोजक संस्था कर्णाली स्पोर्टस् क्लबका संरक्षक हरि बहादुर रोकाया र अध्यक्ष सरोज शाहीले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण