शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रामगीता वाङ्मय मन्दिरद्वारा चार पुरस्कार स्थापना

मङ्गलबार, १२ वैशाख २०८०, १५ : ०४
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । नेपाली भाषासाहित्यको संरक्षण, संवद्र्धन र वृद्धिविकासमा सहयोग पुर्याउने उद्देश्यले अमेरिका निवासी साहित्यकार गीता खत्री तथा राम खत्रीले ‘श्री रामगीता वाङ्मय मन्दिर’को स्थापना गरी विविध चारवटा पुरस्कार तथा सम्मानको घोषणा गरेका छन् । 
नेपाली समाजको रूपान्तरणका लागि सदैव समर्पित साहित्यिक ताथ सामाजिक अभियन्ताहरूलाई सम्मानित तथा पुरस्कृत गर्ने उद्देश्यले आफ्नो दाम्पत्य जीवनको ३९औँ वर्ष प्रवेशको अवसरमा सो पुरस्कार स्थापना गरिएको वाङ्मय मन्दिरका संरक्षक तथा अध्यक्षद्वारा जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  
वाङ्मय मन्दिरले नेपाली जनातालाई परिचित गराउन अहोरात्र खटिरहेका मूर्धन्य पर्वतीय नियात्राकार प्रतीक ढकाललाई जीवित छँदै उचित सम्मान गर्न पुरस्कारको स्थापना गरेको छ । 

उनको योगदानलाई आत्मबोध गरी ढकाल दम्पतीका नामा प्रत्येक जोर वर्षमा प्रदान गर्नेगरी अक्षयकोषसहितको नेपाली रु ५० हजार नगद राशिको ‘प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ स्थापना गरेको छ । यो पुरस्कार प्रत्येक जोर वर्षमा प्रदान गरिनेछ । 
यसैगरी वाङ्मय मन्दिरले नाट्य परम्परालाई जनताका घरआगन र सडकसम्म प्रदर्शन पुर्याउने नाटककार अशेषमल्लको सम्मानका लागि पुरस्कार स्थापना गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नाट्यविधाको संस्थागत विकासमा युगान्तकारी परिवर्तन ल्याउने अशेषमल्लज्यूलाई उचित सम्मान गर्न उहाँका दम्पतीका नाममा अक्षयकोषसहित ५० हजार रुपियाँको ‘अशेष मल्ल–सावित्री नाट्यकर्म पुरस्कार’ स्थापना गरेका छौँ ।’ यो पुरस्कार प्रत्येक जोर वर्ष प्रदान गरिनेछ ।

वाङ्मय मन्दिरले त्रिमूर्ति नेकेतन र नइ प्रकाशनका माध्यमबाट नेपाली भाषासाहित्यको संस्थागत विकासमा योगदानको कदर गर्दै नरेन्द्र प्रसाईं र इन्दिरा प्रसाईंलाई सम्मान गर्दै दम्पतीका नाममा ‘नइ रामगीता अन्तर्राष्ट्रिय पुरस्कार’ स्थापना गरेको छ । प्रत्येक बिजोर वर्षमा प्रदान गरिने सो पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ । 

यस्तै वाङ्गमय मन्दिरले नेपाली जनताको स्वास्थ्य, शिक्षा, उद्यमशीलता, पर्यावरण, देशभक्ति, पर्यावरण, विज्ञान प्रविधि क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्ने व्यक्तित्वको सम्मानका लागि ‘रामखत्री–गीता विशिष्ट नागरिक सम्मान’ स्थापना गरेको छ । यो पुरस्कार प्रत्येक विजोर वर्ष प्रदान गरिने पनि वाङ्मय मन्दिरका संरक्षक र अध्यक्ष राम खत्री र गीता खत्रीद्वारा वैशाख १० गते जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप