‘ओ पेङ्दोर्जे’ र ‘मुसुक्क म’ बजारमा आउँदै
युवाकवि राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ कविता सङ्ग्रह र हिरण्य भोजपुरेको ‘मुसुक्क म’ लघुकथा सङ्ग्रह विमोचनको लागि तयार भएको छ । नेपालयका अर्पण शर्माका अनुसार आउँदो शनिबार राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ कविता सङ्ग्रह विमोचन कार्यक्रम तय भएको छ । त्यसपछिको शनिबार हिरण्य भोजपुरेको ‘मुसुक्क म’ लघुकथा सङ्ग्रह विमोचन गर्ने तयारी नेपालयको छ ।
छवटा फरक खण्डमा लेखिएको युवाकवि राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’मा ५१ वटा भिन्न भिन्न स्वादका कविता सङ्कलित छन् । यस्तै हिरण्य भोजपुरेको ‘मुसुक्क म’मा कोरोना महामारीका परिदृश्य र अन्य विषयका गरी सयवटा लघुकथाहरू सङ्कलित छन् ।
यी दुवै पुस्तकलाई पब्लिकेशन नेपालयले एकसाथ छापा, ई–बुक र ‘अडियो बुक’का रूपमा समेत सार्वजनिक गर्ने तयारी गरेको छ ।
पछिल्लो समय ‘हिति प्रणाली’ र ‘७२ सालको भूकम्प’लगायतका अनुसन्धनात्मक कृति प्रकाशन गरेको पब्लिकेसन नेपालयले अब साहित्यिक पुस्तकलाई प्राथमिकतामा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण