प्रदेश प्रमुखको सरकार गठन आह्वानप्रति एमालेको आपत्ति, सच्याउन माग

काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेशले प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि गरेको आह्वानप्रति आपत्ति जनाएको छ ।
लुम्बिनी प्रदेशका एमाले प्रमुख सचेतक तुलसी चौधरीले बुधबार विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अनुसार सरकार गठनका लागि आह्वान गरेको भन्दै आपत्ति जनाएका हुन् ।
संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले संसदमा विश्वासको मत नपाएपछि सोही धारा अनुसार पुनः सरकार गठनका लागि आह्वान गर्न गलत भएको एमालेले ठहर गरेको छ ।
एमालेले धारा १६८(३) अनुसार नयाँ सरकार गठनका लागि आह्वान नगरे कानुनी उपचारमा जानी उल्लेख गरेको छ । विज्ञप्ति भनिएको छ, 'संविधानको धारा १६८ को उपधारा २ अनुसार बनेको मुख्यमन्त्री लिला गिरी ज्यू सरकार गिरी सकेपछि धारा १६८ को उपधारा २ को हैसियत समाप्त भएको अवस्था थियो । अब हुनुपर्ने धारा १६८ को उपधारा ३ अनुसारको सरकार गठनको लागि प्रदेश प्रमुखले आव्हान गर्नु पर्दथ्यो । तर संविधानको मर्म र भावनालाई बेवास्ता गर्दै प्रदेश प्रमुखले पुनः १६८ को २ अनुसार सरकार गठन गर्न गरेको आव्हान संविधानको मर्म र भावनाको विपरीत छ । तसर्थ प्रदेश प्रमुखको यस कदमलाई नेकपा एमाले संसदीय दल घोर विरोध गर्दछ र साथै उक्त कदम सच्याउनको लागि माग गर्दछ ।'
संविधान र कानुनले दिएको अधिकार विपरीत सरकार गठन गरिनु भविष्यका लागि समेत गलत नजिर हुने एमालेले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास
-
ठिमीमा जेसुम यात्रा : संस्कृति र सम्पदा उजागर गर्ने प्रयास
-
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन
-
सचिवहरू र मुख्यसचिवसमेतको दबाबले अवकाशको उमेर कार्यान्वयन विधिमा विवाद
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार
-
भावी नेतृत्व जोडिएपछि सशस्त्रको एआईजी बढुवा पेचिलो