लुम्बिनीमा सारसको वृहत् अध्ययन हुँदै
बुटवल । नेपाल ज्योलोजिकल सोसाइटीको नेतृत्वमा लुम्बिनी क्षेत्रमा पाइने सारस क्रेनको यकिन तथ्याङ्क पत्ता लगाउनको लागि खोज अनुसन्धान कार्य सुरु हुने भएको छ।
हाल लुम्बिनीमा फरक फरक प्रजातिका ४५० देखि ७ सय सम्म सारस रहेको विभिन्न अध्ययनहरूले देखाए पनि यकिन तथ्याङ्क नभएपछि नेपाल जोलोजिकल सोसाइटीको नेतृत्वमा अध्ययन गरेर वास्तविकता पत्ता लगाउने भएको हो ।
१८ वटा समूहहरूले १० दिन सम्म गरिने अध्ययनबाट लुम्बिनी क्षेत्रका सारस क्रेनको अवस्था, यकिन सङ्ख्या पत्ता लगाइने भएको हो । अध्ययनपछि उनीहरूको संरक्षणमा मद्दत पुग्ने नेपाल जोलोजिकल प्रदेश सोसाइटी लुम्बिनी अध्यक्ष बाबुराम बन्जाडेको बताए ।
उनले अध्ययनमा त्रिवि प्राणी शास्त्र केन्द्रीय विभाग, डब्ल्यु डब्ल्यु एफ नेपाल, इन्टरनेशनल क्रेन फाउन्डेसन र नेपाल जुलोजिकल सोसाइटी लुम्बिनी प्रदेशको सहयोगमा हुँदै छ । अध्ययनको गर्न जानेहरूको लागि लुम्बिनीमा अभिमुखीकरण समेत भएको छ ।
डा हेम कटुवालले नेपालमा सारसको चुनौतीहरू धेरै रहेको सारसको विकास गर्नको लागि सिमसार संरक्षण गर्दै सारसलाई दिगो पर्यटनसँग जोड्नुपर्ने बताएका छन्।
लुम्बिनी प्रदेश पर्यटन विकाश परिषद्का कार्यकारी निर्देशक रामु जैसीले लुम्बिनीमा सारसका कारण आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या वृद्धि भएकाले यसलाई थप संरक्षण गर्ने दायित्व सबैको रहेको बताए।
त्रिभुवन विश्वविद्यालय र स्थानीय स्रोत व्यक्तिहरू गरी ४० जनाको सहभागिता १८ वटा समूह बनाएर गरिने अध्ययन बारेमा डा विष्णु प्रसाद भट्टराई र संदिप रेग्मीले सारसको तथ्याङ्क सङ्कलनमा प्रयोग हुने प्रविधि र ग्रिडको बारेमा प्रशिक्षण दिएका छन् । सारस नेपालमा चितवनदेखि कञ्चनपुरसम्म पाइने चरा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
-
‘पहाडभित्र सुरक्षित हेडवर्क्स बनाएर दुई वर्षभित्र बाह्रै महिना मेलम्चीको पानी दिन्छौँ’
-
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण