शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

आन्ध्र प्रदेशमा फ्यानले बनाए सामन्थाको मन्दिर

शुक्रबार, १५ वैशाख २०८०, ०९ : ५५
शुक्रबार, १५ वैशाख २०८०

मुम्बई । अभिनेत्री सामन्था रुथ प्रभुले आज आफ्नो ३६ औँ जन्मदिन मनाउँदै छिन् । यसै अवसरमा आन्ध्र प्रदेशको बापल्टामा सन्दीप नामका एक फ्यानले अभिनेत्रीका लागि मन्दिर बनाएका छन् । 

सामन्थाको मूर्ति र मन्दिरका तस्बिरहरू यतिबेला सामाजिक सञ्जालमा चर्चामा छन्। तर, अहिलेसम्म मन्दिरको विषयमा सामन्थाको कुनै प्रतिक्रिया आएको छैन ।

पिंकभिलाको रिपोर्ट अनुसार तेनाली सन्दीप नामका एक व्यक्तिले सामन्थाको जन्मदिनमा उनको सम्मानमा मन्दिर बनाएका हुन्। यति मात्र होइन फ्यानले घरमै आफ्नै हातले अभिनेत्रीको मूर्ति तयार गरेका थिए । उनको जन्मदिनमा मूर्ति अनावरण गरिने बताइएको छ ।
 
यदि रिपोर्टहरू विश्वास गर्ने हो भने तेनाली सन्दीपले सामन्थालाई कहिल्यै भेटेका छैनन्, तर उनी उनको कामको ठूलो प्रशंसक हुन्। उनी सामन्थाको फिल्मका लागि पागल मात्रै होइन, उनको सामाजिक कामको पनि तारिफ गर्छन् । सामन्थाले वर्षौंदेखि प्रत्युषा फाउन्डेसनमार्फत खाँचोमा परेकाहरूलाई सहयोग गर्दै आएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप