देव गुरुङको चुनावी खर्च २४ लाख ५२ हजार २ सय रुपैयाँ

लमजुङ । मङ्सिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा लमजुङका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले चुनावी खर्च सार्वजनिक गरेका छन् ।
उनका प्रतिनिधि हरिजंग तामाङले निर्वाचन कार्यालयमा बुझाएको निर्वाचन खर्च विवरण अनुसार चुनावमा २४ लाख ५२ हजार २ सय २५ रुपैयाँ खर्च भएको छ ।
खर्च विवरण अनुसार सबैभन्दा बढी प्रतिनिधि परिचालनमा ८ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।
यसैगरी, मतदाना नामावली खरिदमा ३ हजार, प्रचारप्रसार सामाग्री ३ लाख ३९ हजार ३ सय ५०, गोष्ठी अन्तरक्रिया ८ स्थानमा १ लाख ५० हजार, सवारी साधन २ वटाको ३ लाख खर्च भएको छ भने ढुवानी खर्च १ लाख, कार्यालय सञ्चालन ३ लाख ३६ हजार ४ सय, इन्धन डिजेल पोट्रोल ३ लाख ३३ हजार ४ सय ७५ र प्रचारप्रसार एवं प्रतिनिधि परिचालनमा १ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीमाथि कुटपिट आराेपमा वडाध्यक्ष पराजुली पक्राउ
-
भारत र पाकिस्तानबीच बढ्दो तनावबारे रुसले के भन्याे ?
-
बुलेट छाडेर ब्यालेटको बाटोमा विप्लव, ०८४ को चुनावमा होमिँदै
-
बढ्दो तनावका कारण भारत र पाकिस्तानमा झन्डै ५५० उडान रद्द
-
काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो
-
एमयूमा डीन बनाउन चलखेल, भागबन्डा मिलाउन नियमावलीविपरीत विज्ञापन