मित्रराष्ट्रलाई पेट्रोलियम पदार्थ आपूर्तिको अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर
शनिबार, १६ वैशाख २०८०, २१ : ५९
भ्लादिभोस्तक । फेब्रुअरी १ भन्दा अघि भएका सम्झौता अन्तर्गत मित्र राष्ट्रहरूलाई पेट्रोल तथा पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति गर्न अनुमति दिने आदेश पत्रमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेका छन् ।
शुक्रबारदेखि लागू हुने उक्त निर्देशन पत्रमा पुटिनले गत वर्षको अन्त्यमा आफैले हस्ताक्षर गरेको सम्झौतामा सामान्य संशोधन गरी पश्चिमा राष्ट्रहरूले तोकेको मूल्य सीमा लागु गर्ने मुलकका लागि आपूर्ति रोक्न भनिएको छ ।
यसअघि सन् २०२२ डिसेम्बरमा यूरोपेली सङ्घ (ईयू) ले रूसी तेल उत्पादनको आपूर्तिमा प्रतिबन्ध लगाएको थियो । सन् २०२२ को डिसेम्बरमा ईयूले रूसी समुद्री कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० अमेरिकी डलर तोकेको थियो । प्रतिबन्धमा ‘ग्रुप अफ सेभेन (जी–७) राष्ट्र र अष्ट्रेलिया सामेल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण