बाघलाई छोराछोरीजस्तै मान्ने ‘बाघ बा’
पैँतालीस वर्ष मात्र पार गर्दै गर्नुभएका आइतराम बोटेको जिउडाल, कपडा लवाइ, खवाइ हेर्दा लाग्छ उनी साठी कटिसकेको हुनुपर्छ । झुस्स दारी, पातलो शरीर, मसिनो बोलीका उनको नियमित काम हो जङ्गली जनावर, त्यसमा बाघको नियमित स्याहार सुसार गर्ने । यही कामले उनलाई धेरैले ‘बाघ बा’ भनेर चिन्छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत बोटेको बाघको स्याहार सुसार गर्नु जागिर नै हो । तर उनको अनुभव सन्तुष्टिसँग जोडिएको छ । “रोजगारी त भयो भयो बाघको स्याहार सुसार गर्नु आत्मसन्तोष पनि हो,” उनले भने, “पहिले त बाघ देख्ने बित्तिकै डर लाग्थ्यो । विस्तारै बानी परेपछि बाघको स्याहार सुसार सामान्यजस्तै लाग्छ ।”
२७ वर्षदेखि निकुञ्जमा कार्यरत बोटे २५ वर्षदेखि बाघकै स्याहार सुसार गर्छन् । अहिले बाघको आनीबानी सबै थाहा भएकाले पनि स्याहार सुसार गर्न सजिलो भएको उनको अनुभाव छ ।
विशेषतः घाइते वा नरभक्षी भएपछि उद्धार गरेर ल्याइएका बाघलाई उहाँले खोरमा राखेर स्याहार सुसार गर्छन् । अहिले पनि निकुञ्जको मुख्यालय नजिकै रहेको कसरामा तीनवटा यस्तै बाघ थुनेर पालिएका छन् ।
उनका अनुसार बाँकेबाघ बाँकेमा मान्छे खाएर नरभक्षी भएपछि ल्याइएको हो । नवलपरासीको पिप्रहाको सीतामाईमा घाइते अवस्थामा भेटिएको सीतेमाई पनि खोरमै छ । माडीको वसन्तपुर क्षेत्रमा मान्छे आक्रमण गरेको वसन्ती पनि थुनेरै पलिएको छ । बाघको नाम त्यसलाई नियन्त्रणमा लिएका ठाउँका आधारमा राख्ने गरिन्छ ।
तिनमा दुईवटा पोथी र एउटा भाले हुन् । यिनीहरूलाई छुट्टाछुट्टै खोर बनाएर राखिएको छ । बाँकेबाघले पाँच जनाको ज्यान लिएको थियो भने सीतेमाईले गाउँमा बस्ने घरपालुवा जनावर मारेर खान थालेपछि नियन्त्रणमा लिइएको हो ।
वसन्तीले दुई जनाको ज्यान लिएको छ । बाँकेलाई तीन वर्षअघि, वसन्तीलाई छ महिनाअघि र सीतेमाईलाई एक वर्षअघि ल्याइएको हो । बोटेले अहिलेका तीनसहित १२ वटा जिउँदा बाघको स्याहार सुसार गर्नुभएको छ । तीमध्ये चारवटाको मृत्यु भइसकेको छ । पाँचवटालाई उपचारपछि निकुञ्जमै छाडिएको र बाँकी तीनवटा अहिलेका हुन् ।
पालिएका बाघलाई नियमित आहारा मासु र पानी दिइन्छ । “एक दिन बिराएर २० किलो मासु आउँछ, त्यो दामासाहीमा तीनवटालाई बाँडेर दिने हो,” उनले भने । मासुको मात्रा पछिल्लो समय घटेर आएकोमा उनको गुनासो छ । यो समाचार गोरखापत्र दैनिमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपाका निर्वाचित ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य (सूचीसहित)
-
१० बजे १० समाचार : भद्रगोल व्यवस्थापनकैबिच सकियाे रास्वपा महाधिवेशन, विवाद मिलाउन नेता फेरिएको फेरियै
-
ब्रिटिस काउन्सिलद्वारा अर्बिट मेडिकल इन्ट्रान्सलाई ‘प्लाटिनम पाटर्नर अवार्ड’ प्रदान
-
सूर्यविनायकमा बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण