रियाशाले दिइन् ‘ब्याचलोरेट पार्टी’
काठमाडौँ । कलाकार रियाशा दाहालले ‘ब्याचलोरेट पार्टी’ दिएकी छन् । उनले शनिबार केही नजिकका साथीलाई काठमाडौँको बुढानिलकन्ठस्थित पार्क भिलेज रेष्ट्रोमा ‘ब्याचलोरेट पार्टी’ दिएकी हुन् । ‘ब्याचलोरेट पार्टी’ मा उनका नजिकका साथीभाईको सहभागिता रहेको थियो । ‘ब्याचलोरेट पार्टी’ को तस्बिर पार्टीमा सहभागीले सामाजिक सञ्जालबाट शेयर गरेका छन् । जसमा उनी निकै खुसी देखिएकी छन् ।
दाहालले रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग विवाह गर्न लागेकी हुन् । भिक्टर र उनको विवाह वैशाख २० गते काठमाडौँमा एकपार्टी प्यालेसमा आयोजना हुँदैछ । उनीहरूले लामो समयदेखिको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् ।
_wqQFaiqj39.jpg)
भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टर करिब तीन वर्षदेखि प्रेममा छन् । रियाशा युट्यूवमा प्रशारण हुने भिडियो सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी हुन् । उनी पछिल्लो समय ‘गाह्रो छ हो’ अभिनयमा ब्यस्त छिन् । भिक्टर चाहीँ चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् । पेज युवा पुस्तामाझ निकै लोकप्रिय छ । तस्बिर : सामाजिक सञ्जाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण