बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्ड चितवनमा

आइतबार, १७ वैशाख २०८०, १७ : ३१
आइतबार, १७ वैशाख २०८०

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आएका छन् । आज दिउँसो उनी जहाजबाट चितवन आएका हुन् ।

नवलपरासीको गैँडाकोटमा स्थानीयवासीको साझेदारीमा आइएमई समूहले निर्माण गरेको मौलाकालिका केबलकारको सोमबार उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड चितवन आएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड सोमबार बिहान प्रेस सेन्टर नेपालले आयोजना गर्ने ‘पत्रकारसँग प्रधानमन्त्री’मा सरिक हुनेछन् भने  हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले सञ्चालन गरेको प्याराग्लाइडिङको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ । 

प्रधानमन्त्री प्रचण्ड आज शिवनगरस्थित आफ्नै निवासमा रहने कार्यक्रम छ । उनी सोमबार चितवन र नवलपुरका विभिन्न कार्यक्रममा सहभागी भई दिउँसो १ बजे काठमाडौँ फर्कने कार्यक्रम रहेको निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप