मानसिक स्वास्थ्यलाई हेयको दृष्टिले नहेरौं : उपराष्ट्रपति
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई हेयको दृष्टिले हेर्दा समस्या आएको बताएका छन् । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालको आज २० औँ वार्षिकोत्सवको कार्यक्रममा उनले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई हेयको दृष्टिले हेर्ने पुरातन दृष्टिकोणको कारण समस्या अझ बढी संवेदनशील बन्दै गएको बताए । उनले नेपालको संविधानले नै आधारभूत स्वास्थ्यलाई मौलिक हकका रुपमा स्थापित गरेकाले सो पूरा गर्नका लागि सरकारको योजनामा गैरसरकारी क्षेत्रको हातेमालो आवश्यक रहेको बताए ।
कार्यक्रममा उपसभामुख इन्दिरा रानाले मानसिक स्वास्थ्य अझ महत्वपूर्ण रहेकाले नेपाल सरकार, विकास साझेदार सबै मिलेर काम गर्नुपर्ने आवश्यक रहेको बताइन् । “मानसिक स्वास्थ्यको क्षेत्रमा सरकार र गैरसरकारी क्षेत्र मिलेर काम गर्नुपर्दछ । अझ जेल जीवन बिताइरहेका व्यक्तिको मानसिक स्वास्थ्यमा समेत सरकारले ध्यान दिन जरुरी छ,” उनले भनिन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य सचिव डा.रोशन पोखरेलले आत्महत्या रोकथाम र सहरी विकासअन्तर्गत मानसिक स्वास्थ्यको विषयमा काम गरिनुपर्ने अवस्था आएको बताए । उनले मानसिक स्वास्थ्य रणनीति कार्यान्वयन गर्न सबैभन्दा महत्वपूर्ण रहेको भन्दै त्यसलाई सचेतना फैलाउनु र भ्रम निवारण गर्न आवश्यक रहेको बताए । उनले मानसिक स्वास्थ्यलाई सरकारले अझै प्राथमिकतामा राखी काम गर्ने बताए ।
केन्द्रका प्राविधिक निर्देशक डा.पशुपति महतले आफूले सरकारसँग मानसिक स्वास्थ्य सेवामा हातेमालो भएर काम गरिरहेको बताए । उनले केन्द्र सन् २००३ देखि मानसिक स्वास्थ्य तथा मनोसामाजिकमा काम गर्दै आइरहेको उल्लेख गर्दै हालसम्म ५१ जिल्लाका दुई सय छ स्थानीय तहमा काम गरिरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण