नेप्से
नेप्से सूचक दोहोरो अंकले बढ्यो, ७३ करोड २६ लाखको कारोबार
बिहीबार, २१ वैशाख २०८०, १५ : ३१
काठमाडौँ । लामो समयको अन्तरालपछि बिहीबार नेप्से सूचक १२ अंकमाथिले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको आज नेप्से सूचक १२.७३ अंकले बढ्दै १८ सय ६९.७३ अंकको विन्दुमा उक्लिएको हो ।
यद्यपि, नेप्से सूचक बढ्दै गर्दा यता कारोबार भने बढ्न सकेन । १२ अंकमाथिले नेप्से बढेको यस दिन जम्मा ७३ करोड २६ लाख ८९ हजार रुपैयाँ बराबरको २५ लाख ३३ हजार कित्ता बराबरको मात्र सेयर कारोबार भएको छ ।
आज १३ वटा उपसूचक नै धनात्मक हुँदै बजारमा हरियाली छाएको छ । आज नबिल ग्रोथ फन्ड र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.८६ प्रतिशत र ९.१६ प्रतिशतले बढेका छन् भने एनएमबी डी८७/८८ डिभेन्चर फन्डको मूल्य ५.८५ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण