सरकारको औचित्य पुष्टि हुनेगरी नीति तथा कार्यक्रम ल्याउँछौं : मन्त्री बस्नेत
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आफ्नो औचित्य पुष्टि हुनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने बताएका छन् ।
मन्त्री बस्नेतले सरकारको ध्यान आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण केन्द्रित भएको पनि बताए ।
जल तथा मौसम विज्ञान विभागले बिहीबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनताका अपेक्षाहरु पूरा गर्नका लागि सरकारको हालसम्मको अवधिलाई तयारीको अवधिको रुपमा लिनुपर्ने पनि पटकपटक दोहो¥याए ।
मन्त्री बस्नेतले सरकारले डेलिभरीको कामलाई थप प्रभावकारी बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै अनुभूति गर्न सकिने दाबी गरे । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटपछि जनताको अपेक्षा अनुसार सरकारले काम सुचारु गर्ने उनको भनाई थियो ।
मन्त्री बस्नेतले मौसम पूर्वानुमानलाई भरपर्दो बनाउनका लागि सरकारले उचित ध्यान दिने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण