रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापना गर्न छलफल
बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापना गर्न छलफल सुरु भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरबीच उक्त विषयमा बिहीबार छलफल भएको हो ।
उनीहरुबीच बुटवल क्षेत्रको सुरक्षा व्यवस्था, रात्रीकालीन बजार सञ्चालन, अपराध न्यूनीकरणलगायतका विषयमा छलफल भएको बताइएको छ ।
नगर प्रमुख पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरी पोस्ट स्थापना, रात्रिकालीन बजार सञ्चालनमा समन्वय र अपराध न्यूनीकरणमा तदारुकता देखाउन प्रहरी कुँवरसँग आग्रह गरेका थिए । पाण्डेयले बुटवल क्षेत्रमा लागूपदार्थ दुर्व्यसन, अपराधका घटना न्यूनीकरणमा प्रहरी संगठनले थप सक्रियता देखाउन जरुरी रहेको बताए ।
पाण्डेयले बुटवलको अमरपथ, कालिका पथमा रात्रिकालीन बजार सञ्चालनका क्रममा सुरक्षा व्यवस्थापनजस्ता विषयमा प्रहरी संगठनले स्थानीय सरकारसँग समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
भेटका क्रममा प्रहरी महानिरीक्षक कुँवरले औद्योगिक क्षेत्रमा प्रहरी पोस्ट स्थापना गर्ने विश्वास दिँदै रात्रिकालीन बजार सञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
-
लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाऊ
-
त्यो एक मिनेट : जब पृथ्वीका ९९ प्रतिशत मानिसले एकैपटक उज्यालो पाउनेछन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण